गभर्नर नियुक्ति विवाद

दीपक भट्टले सरकार ढालिदिन्छु भनेपछि.....

सफल खबर संवाददाता

बुधबार, १० बैशाख २०८२, १० : ३८
दीपक भट्टले सरकार ढालिदिन्छु भनेपछि.....

काठमाडौं । नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तिमा सत्तासिन दलभित्रै हानथाप चलिरहेका बेला राजनीति झन् पेचिलो बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेल कायममुकायम गभर्नर रहेकी डा. नीलम ढुंगानालाई गर्भनर बनाउन चाहान्थे । तर सरकारको मुख्य टेको रहेको दल कांग्रेसले गर्भनर आफनो कोटामा लिई छाड्ने निधो लियो। राष्ट्र बैंक आफैँमा स्वायत्त निकाय भएको र देशको आर्थिक तथा वित्तीय क्षेत्रको नियामक निकाय पनि रहेकाले प्रमुख सत्ता साझेदार दलले आफूपरस्तलाई गर्भनर बनाउन जोडबल लगाउनु स्वभाविक नै हो ।

तर सरकारका जे निर्णयमा पनि विचौलिया हावी हुँदै आईरहेको सन्दर्भमा प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री विष्णु पौडेललाई एक जना शक्तिशाली विचौलियाले गर्भनर नियुक्तिमा आफुले भने जस्तो नभए सरकार नै ढालिदिने चेतावनी दिएका छन् । सरकार आफैं गर्भनर नियुक्तिको पेचिलो मोडमा गुज्रिरहेका बेला आफुले भनेका ब्यक्ति गर्भनर नबने सरकार नै ढालिदिने चेतावनी दिने ती शक्तिशाली बिचौलिया हुन् – ब्यापारी दीपक भट्ट ।

भट्ट त्यस्ता ब्यक्ति हुन्, जसले विष्ण पौडेल र केपी ओलीलाई दवाव दिलाएर आफुले भनेका ब्यक्तिलाई नियुक्ति दिलाउन सफल भईरहेका छन् ।

उनले शुरुमा आफ्नै भाईलाई गर्भनर बनाउन चाहेका थिए । प्रधानमन्त्री ओली, अर्थमन्त्री पौडेल मात्रै होइन, एमालेका अधिकाशं प्रभावशाली नेता देखि कतिपय कांग्रेसका नेताहरुसँग पनि उठबस रहेका ब्यापारी दीपक भट्टले आफ्नै भाइ सुशिल भट्टलाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउन लविङ गरेका थिए ।

तर सत्तासिन दलभित्रको नियुक्ति भागवन्डा विवादले यसपटक उनले भाईलाइ गर्भनर बनाउने मेसो भेटाउन सकस देखियो । भाई नबनेर के भयो त, त्यसपछि उनको दोस्रो पात्रको नाम गोजीबाट निस्कियो ।  त्यसपछि उनको दोस्रो रोजाईमा परिन्, अहिलेकै कायममुकायम गर्भनर डा निलम ढुंगाना । प्रधानमन्त्री र अर्थमन्त्री पौडेल पनि निलमलार्इ गर्भनर बनाउने पक्षमा थिए र अझै मिल्दा सम्म बनाउने पक्षमै छन् । तर कांग्रेस सभापति शेरवहादुर देउवाको अडानका कारण निर्णय लिन प्रधानमन्त्री र अर्थमन्त्री दुबैलाई अप्ठ्यारो पारिदियो ।

नियुक्तिमा ओलीले विचौलिया प्रभावमा एकलौटी गरेको आरोप कांग्रेसभित्रै उठ्न थाल्यो । गर्भनर भागवन्डामा आफनोमा नपर्ने भए सरकार समेत छोडन सक्ने कांग्रेस नेताहरुको दवाव प्रधानमन्त्रीलार्इ छँदैथियो । तर ब्यापारी भटटले पनि ओलीलाई अहिले अप्ठ्यारोमा पारेका छन् । उनले आफुले भनेको गर्भनर नभए सरकार ढालिदिने चेतावनी बालुवाटार नै पुगेर दिईसकेको एमालेभित्र चर्चा शुरु भएको छ ।

कांग्रेस सभापति शेरवहादुर देउवा भन राष्ट्र बैंककै कार्यकारी निर्देशक डा गुणाकर भट्टलार्इ गर्भनर बनाउन चाहान्छन् । देउवा थाइल्यान्ड जानु अगाडी ओली र पौडेलले गर्भनरमा डा गुणाकर भट्टको नाममा करिव सहमति दिएका थिए ।

तर दीपक भटटले निलमको पक्षमा पछिल्लो पटक अडान लिएपछि प्रधानमन्त्री र अर्थमन्त्री अप्ठ्यारोमा परेका छन् । भटटले निलमलाई गुणाकरको राजीनामा स्वीकृत नगर्न भनेका स्रोतले बताएको छ ।

राष्ट बैंककै कार्यकारी निर्देशक रहेको व्यक्तिलाई ऐनले गभर्नर बन्न नदिने दावी अहिले दिपक भटट देखि डा निलम ढुंगानासम्मको छ । गुणाकर अहिले राष्ट बैंकका कार्यकारी निर्देशक थिए । यधपी उनले राजीनामा त दिएका छन्, तर उनको राजीनामा डा निलमले स्वीकृत गरेकी छैनन । यससम्वन्धमा सर्वोच्चमा रिट पनि परेको छ । कामु गर्भनर डा निलमले आफैलाई बाटो छेक्न आएको भन्दै गुणाकरको राजीनामा थन्काएर राखिदिएकी छिन् ।

यसले गर्भनर नियुक्ति थप पेचिलो बन्न पुगेको छ । ओली दिपक भटटको योजनामा निलमलाई गर्भनर बनाउन त चाहान्छन्, तर त्यसो गर्दा कांग्रेस सभापति विच्किने र सरकार नै तलमाथी पर्ने डरमा छन् । अर्कोतिर गुणाकरलाइ गर्भनर बनाउँदा कामु गर्भनर निलमले उनको नियुक्ति अगाडी राजीनामा स्वीकृत नगर्ने, सर्वोच्चमा रिटले प्रश्न उठाईदिन सक्ने  र फेरि दिपक भटटले आफुले भने अनुसार नभए सरकार नै ढालिदिने चेतावनी दिएका कारण ओलीलाइ के गरौं, कसो गरौं भन्ने अवस्थामा पुरयाईदिएको छ ।

भट्तले सरकार ढालिदिने चेतावनी दिएपछि अहिले ओली भट्टका गतिविधि नियाल्न थालेका छन् । देउवा भने ओलीको यही अप्ठ्यारो बुझेर पनि ओलीसँगको छलफलबाट टाढिन अहिले थाइल्यान्डमा छन् । थाइल्यान्डमा देउवाले कुनै राजनीतिक भेटघाट गर्न सक्ने देखेर ओली त्यसै शसंकित भइरहेका बेला भट्टले आफुले भने अनुसार गर्भनर नियुक्त नभए सरकार ढालिदिने चेतावनी दिएपछि थप दबाबमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस