काठमाडौँ। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाउने निर्णय गरेको छ ।
निगम सञ्चालक समितिको बैठकले पेट्रोलको प्रतिलिटर १ र डिजेलको प्रतिलिटर २ रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो । बढेको मूल्य आजै मध्यरातिदेखि लागू हुने निगमले जनाएको छ ।
यस्तै निगमले हवाइ इन्धनको मूल्य भने घटाएको छ । जसअनुसार हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ घटेको छ भने अन्तरष्ट्रियतर्फ प्रतिकिलोलिटर १५ अमेरिकी डलर घटेको छ ।
भारतीय बजारबाट मूल्य फेरबदल भएर आएसँगै निगमले आन्तरिक बजारमा पनि मूल्य समायोजन गरेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ पुस २०८१, २० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजदेखि पेट्रोल र डिजेलको नयाँ मूल्य कार्यान्वयनमा
बढ्यो पेट्रोल-डिजेलको मूल्य
पेट्रोलियम पदार्थको आपूर्ति सहज गराउन काँग्रेसद्वारा ध्यानाकर्षण
घट्यो पेट्रोल, डिजेलको मुल्य, कति पर्छ लिटरको ?
घट्यो पेट्रोल र डिजेलको मूल्य
प्रतिलिटर ४ रुपैयाँले बढ्यो पेट्रोलको मूल्य