काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकामा माओवादी केन्द्रले आन्तरिक चुनावबाट अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । आकांक्षी धेरै भएपछि ककनी गाउँपालिका कमिटीले आन्तरिक चुनावमार्फत अध्यक्षको उम्मेदवार छानेको हो ।
जसमा गाउँपालिका कमिटीका अध्यक्ष सुमन तामाङ ३४ मतका साथ विजयी हुँदै उम्मेदवार चयन भए । यस्तै मानबहादुर लामाले १८ मत ल्याए भने अर्का दाबेदार शक्ति लामाले जम्मा १ मत ल्याए । यसैगरी उपाध्यक्षको उम्मेदवारमा मिठुमाया लामाको नाम टुंगो लागेको अध्यक्षका उम्मेदवार सुमन तामाङले जानकारी दिए । सल्लाहकारसहित कुल ६२ मत रहेको ककनी गाउँपालिका कमिटीमा जम्मा ५३ मत खसेको थियो ।
ककनी गाउँपालिकामा २०७४ को स्थानीय निर्वाचनमा माओवादीकै उम्मेदवार मानबहादुर लामा विजयी भएका थिए । अर्को कार्यकालका लागि पनि उनले आकांक्षा देखाएको भएपनि आन्तरिक चुनावमै पराजित भएपछि उनको चाहना पूरा हुन पाएन । ककनीमा सत्ता गठबन्धनबीच तालमेल भएको अवस्थामा आफूहरुले नेतृत्व पाउनुपर्ने दाबी माओवादी केन्द्रले गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ बैशाख २०७९, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्ववियु चुनावमा उम्मेदवारी दिएकाहरूको आज उम्मेदवारी फिर्ता लिने दिन
आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
कीर्तिपुरमा जसपा नेपालबाट तेस्रो लिङ्गी उम्मेदवार
कीर्तिपुरको मेयरमा नेमकिपाका महर्जनको उम्मेदवारी