काठमाडौँ । काठमाडौंको कीर्तिपुर नगरपालिकामा हुने उपनिर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को तर्फबाट श्रीकृष्ण महर्जनले मेयरमा उम्मेदवारी दर्ता गराएका छन्। मंसिर १६ गते हुने उपनिर्वाचनका लागि बिहान १० बजेदेखि उम्मेदवारी दर्ताको काम चलिरहेको छ ।
यसअघि कीर्तिपुरको मेयरमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को तर्फबाट दिलकुमार महर्जनले उम्मेदवारी गराएका थिए ।त्यसपछि डा नवरथ कुमार बानियाँले स्वतन्त्र उम्मेदवारी दर्ता गराए ।
कीर्तिपुरमा नेपाली कांग्रेसले कृष्णमान डंगोल, नेकपा एमालेले सुरेन्द्र मानन्धर तथा नेकपा माओवादी केन्द्रले प्रा. शिवशरण महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले पनि कीर्तिपुरमा उम्मेदवारी दिने तयारी गरेको छ । उम्मेदवारी मनोनयन आइतबार अपराह्नसम्म चल्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ मंसिर २०८१, १२ : ४३
लेखकबाट थप