दाङ । माछा मार्न बनाएको बम पड्किँदा लमही नगरपालिका–८ असानि बस्ने २७ वर्षीय आनन्द भण्डारी लगायत ५ जना घाइते भएका छन् ।
घटना आइतबार बेलुकी भएको प्रहरीले जनाएको छ । लमही नगरपालिका–८ असानिस्थित राप्ती नदीमा माछा मार्न जाँदा माछा मार्न बनाएको बम हातमा नै पड्किएको थियो ।
बम पड्कँदा घाइते भएपछि उपचारको लागि उनीहरुलाई लमही दाङतर्फ पठाइएको थियो । उपचार पश्चात १ जना डिश्चार्ज भएका छन् भने अन्य घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ बैशाख २०७९, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भैरहवामा फेला परेको बम नेपाली सेनाद्वारा निष्क्रिय
पाकिस्तानको दक्षिण-पश्चिम क्षेत्रमा बम बिष्फोट : १३ जनाको मृत्यु, २५ घाइते
दिल्लीबाट काठमाडौँ आएको जहाजमा बम राखेको आशंका, सेनाको बम डिस्पोजल टोली परिचालन
उडिरहेको इन्डिगो विमानमा दोस्रोपटक बमको धम्की