बुटवल । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज परिसरमा प्रेसर कुकर बम फेला परेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ । मेडिकल कलेजको मालीले रुख काटिरहेका वेला आज बिहान करिब साढे १० बजेतिर प्रेसर कुक बम देखेका थिए । त्यसपछि स्थानीय प्रशासनलाई जानकारी गराइएको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुरज कार्कीका अनुसार बम पुरानो र खिया लागेको अवस्थामा थियो । नेपाली सेनाले त्यसलाई पड्काएर डिस्पोज गरेको कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ पुस २०८१, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानको दक्षिण-पश्चिम क्षेत्रमा बम बिष्फोट : १३ जनाको मृत्यु, २५ घाइते
दिल्लीबाट काठमाडौँ आएको जहाजमा बम राखेको आशंका, सेनाको बम डिस्पोजल टोली परिचालन
उडिरहेको इन्डिगो विमानमा दोस्रोपटक बमको धम्की