उडिरहेको इन्डिगो विमानमा दोस्रोपटक बमको धम्की

सफल खबर संवाददाता

शनिबार, १९ जेठ २०८१, १३ : २०
उडिरहेको इन्डिगो विमानमा दोस्रोपटक बमको धम्की

काठमाडौं। भारतको चेन्नईबाट मुम्बईका लागि बिहान उडेको इन्डिगोको फ्लाइटमा बमको धम्की आएपछि आपत्‌कालीन अवतरण गरिएको छ । शनिबार बिहान मुम्बई जाँदै गर्दा इन्डिगो विमानमा बमको धम्की आएपछि मुम्बई एयरपोर्टमा आपतकालीन अवतरण गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

उडान ६ई५३१४ चेन्नईबाट बिहान ७ बजे उडेको थियो । बिहान करिब पौने ९ बजे मुम्बई एयरपोर्टमा अवतरण भएको थियो ।अवतरणपछि सबै यात्रुलाई सकुशल बाहिर निकालेर पूरै विमानभित्र खोजी भइरहेको दैनिक भास्करले जनाएको छ  । त्यसमा १७२ यात्रु थिए ।

विमानमा एक बेवारिसे रिमोट भेटिएको थियो । त्यसपछि पाइलटहरूले मुम्बई एयर ट्राफिक कन्ट्रोललाई जानकारी दिएर आपत्‌कालीन अवतरणको अनुमति मागेका थिए ।

एक हप्तामा इन्डिगो एयरलाइन्सलाई बमको धम्की आएको यो दोस्रोपटक हो । यसअघि मे २८ मा दिल्लीबाट वाराणसी जाँदै गरेको इन्डिगोको उडान ६ई–२२११ लाई पनि बमको धम्की दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस