काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २९ चैतभित्र वडा सदस्यसम्मका उम्मेदवारसहित नाम सिफारिस गर्न निर्देशन दिएको छ ।
लोसपा अध्यक्ष महन्थ ठाकुरको निर्देशनअनुसार २८ गतेसम्म महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका मेयर तथा अध्यक्ष सिफारिस गर्न समयसिमा दिएको हो ।
‘२४–२५ गते बसेको जिल्ला कमिटीका बैठकले देशैभरबाट उम्मेदवार सिफारिसका लागि कमिटी गठन गरेका छन । कमिटीले २९ गतेभित्र सबै तहका उम्मेदवार सिफारिस गरिसक्ने छन्,’ केन्द्रिय कार्यकारिणी सदस्य सुरेन्द्र झाले भने ।
उनले अगाडि थपे, ‘२९ गते भित्र सबै स्थानका उम्मेदवार सिफारिस भईसक्ने अपेक्षा गरिएको छ ।’ झाका अनुसार केन्द्रीय कार्यालयको निर्देशन अनुसार जिल्ला, पालिकाका कार्यकारिणी समितिहरुले गृहकार्य गरिरहेका छन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ चैत्र २०७८, १० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोसपाका केन्द्रीय सदस्यहरू जसपामा प्रवेश
संविधान संशोधनका लागि लोसपाले सहकार्य गर्ने
लोसपाले जनमतबाहेक सबै दलसँग सहकार्य गर्ने
लोसपाको बैठक आजपनि बस्दै
लोसपाः केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान
लोसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने