काठमाडौं । निकासी पैठारी नियमन सम्बन्धी विधेयक संसद्मा दर्ता भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले यो विधेयक प्रतिनिधि सभामा दर्ता गरेका हुन् ।
वैदेशिक व्यापारमा आएका नयाँ अवधारणासँगै निकासी पैठारी व्यवस्थालाई थप व्यवस्थित बनाउने उद्देश्यले विधेयक ल्याएको मन्त्री भण्डारीले बताएका छन् ।मन्त्रालयका अनुसार निकासी, पैठारीलाई प्रभावकारी बनाउने, निकासी सम्बन्धी कार्यलाई थप सहजीकरण गर्ने, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने नीति अन्तर्गत यो विधेयक आएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ माघ २०८१, १३ : ०१
लेखकबाट थप