काठमाडौं । मोरङ, दाङ र म्याग्दीमा ३ जना मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार मोरङको रंगेली नगरपालिका-३ दौलतपुरस्थित केदार उप्रेतीको गोठको बाहिर राखेको खाटमा सोही नगरपालिका-३ आमतोला बस्ने ६५ वर्षीय हरिलाल किस्कु आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी दाङको बबई गाउँपालिका-७ रावततरास्थित बबई नदीमा शान्तिनगर गाउँपालिका-६ देवीपुर बस्ने ७८ वर्षीय कुशल खड्का आइतबार मृत अवस्थामा फेला परेका छन् ।
म्याग्दीको मालिका गाउँपालिका-६ सानोधैरेनीस्थित सामुदायिक वनमा पनि हाल सनाखत हुन नसकेका पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ माघ २०८१, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीन जना मृतावस्थामा फेला
बुधबार ५ जना मृतावस्थामा फेला
२ जना मृतावस्थामा फेला, अर्का एकको डुबेर मृत्यु