काठमाडौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार पनि बस्दैछ ।
बुधबारदेखि जारी बैठकमा नेताहरूले बोल्न र नेतृत्वले जवाफ दिन बाँकी रहेकाले आज बिहान ८ बजे पुन: बैठक फेरि बस्ने पार्टी प्रवक्ता सुभाष लाभले जानकारी दिए ।
आजको बैठकमा आगामी मङ्सिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आवश्यक तयारी, नेताहरूको जिम्मेवारी हेरफेर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाबारे समीक्षा, महाधिवेशनको मिति र स्थानबारे छलफल हुने प्रवक्ता लाभले बताए ।
बैठकमा अधिकांश नेताहरूले संविधान संशोधनका लागि पार्टीको प्रस्ट दृष्टिकोण बनाउन माग गरेका छन् ।
नेताहरूले मुलुकमा विद्यमान समस्या सम्बोधनका लागि समयसापेक्ष संविधान संशोधन हुनुपर्ने र त्यसका लागि कानुनविद्को सहभागितामा एउटा कार्यदल गठन गर्न सुझाव दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० भदौ २०८१, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधनका लागि लोसपाले सहकार्य गर्ने
लोसपाले जनमतबाहेक सबै दलसँग सहकार्य गर्ने
लोसपाः केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान
लोसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने
लोसपाको महासचिवमा यादव मनोनीत
राजेन्द्र महतो लोसपाबाट निष्कासित