काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले बृहत् राजनीतिक शक्ति निर्माणका लागि डा.सीके राउत नेतृत्वको जनमत पार्टीबाहेक अन्य दलहरूसँग सहकार्य गर्ने निर्णय गरेको छ । लोसपाका महासचिव डा.सुरेन्द्र झाले देशमा परिवर्तन ल्याउनमा भूमिका खेलेका दलसँग मात्र सहकार्य गरेर अगाडि बढ्ने निर्णय भएको बताए ।
महासचिव झाले जनमत पार्टी अझै आफ्नो मुद्दा र एजेण्डामा स्पष्ट नरहेको कारण तत्कालै सहकार्यको सम्भावना नरहेको बताए । पहिलो चरणमा संघीयता, लोकतन्त्र, समावेशी ल्याउनका लागि योगदान दिएका दलहरूसँग गठबन्धन वा सहकार्य गर्ने कुरा भएको उनले बताए । जसपा नेपाल, जसपा, नागरिक उन्मुक्ति पार्टीलगायतका दलसँग सहकार्यका लागि छलफल अगाडि बढाउने बताउँदै उनले सुरुकै अवस्थामा एकता नभई गठबन्धन वा मोर्चा बन्न सक्ने सम्भावना रहेको बताए ।
लोसपाले पार्टी छाडेर गएका तथा अलग भएका समूह तथा व्यक्तिलाई घरफिर्तीका लागि आग्रह गरेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बृहत् राजनीतिक शक्ति अभियान निर्माणमा सहकार्य गरेका सबै व्यक्ति र शक्तिलाई आजको बैठकले सर्व सम्मतले घर–वापसीको लागि आह्वान गर्दछ ।’
एसईईको परिणाम खस्किँदै गएकोमा मुख्य कारण विषयगत शिक्षकहरूको अभाव र समय सापेक्ष पाठ्यक्रम नभएको लोसपाको निष्कर्ष छ । लोसपाले विषयगत शिक्षकको नियुक्ति यथाशीघ्र गरी समय सापेक्ष सीपमूलक पाठ्यक्रमको निर्माणको माग गरेका छन् ।
त्यस्तै, मधेस प्रदेशलगायत अन्य जिल्लामा बालीनाली सुख्खाग्रस्त भएकाले किसानका लागि अल्पकालीन र दीर्घकालीन व्यवस्थापन गर्न लोसपाले माग गरेको छ । यस्तै लोसपाले उखु किसानले हालसम्म नेपाल सरकारबाट पाउनुपर्ने अनुदान रकम प्राप्त गर्न नसकेकाले सो रकम तत्काल दिन सरकारसँग माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ भदौ २०८१, १७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधनका लागि लोसपाले सहकार्य गर्ने
लोसपाको बैठक आजपनि बस्दै
लोसपाः केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान
लोसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने
लोसपाको महासचिवमा यादव मनोनीत
राजेन्द्र महतो लोसपाबाट निष्कासित