काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको ‘वान अन वान’ भेटवार्ता सकिएको छ ।भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भएको भेटवार्तामा नेपाल–भारत आपसी हितका विषयमा कुराकानी भएको छ ।
भेटवार्ता सकिएलगत्तै हैदरावाद हाउसमा नेपाल–भारत द्विपक्षीय बैठक शुरू भएको छ ।बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री देउवा र भारतको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले गरेका छन् ।बैठक सकिएपछि चार वटा परियोजनाको दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ चैत्र २०७८, १३ : २३
लेखकबाट थप