काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरूद्ध रिटकाे पूर्ण इजलासमा आज सुनुवाइ हुँदै छ । इजलासमा कामयमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरीप्रसाद खतिवडा छन् ।
अधिवक्ता ओमप्रकाश अर्यालले १ पुसमाा र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २ पुसमा अध्यादेशविरूद्ध रिट दायर गरेका थिए । रिटमार्फत अध्यादेश खारेजीकाे माग गरिएकाे छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३० मंसिर, २०७७ मा अध्यादेश जारी गर्न राष्ट्रपतिकहाँ सिफारिस गरेका थिए । असंवैधानिक भन्दै त्रिपाठी र अर्याल त्यसविरुद्ध सर्वाेच्च पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ चैत्र २०७८, १२ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक परिषद्को बैठक आज बस्दै
संवैधानिक परिषद्को निर्णयमा प्रधानमन्त्रीको सहमति अनिवार्य