काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को स्थगित विशेष साधारण सभा १५ चैतमा हुने भएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले सोमबार विशेष साधारणसभाका लागि सूचना जारी गरेका छन् । यसअघि उल्लेखित तीन चुनावी एजेन्डामा एउटा थप गरी पठाइएको छ ।
४ चैतमा पठाइएकाे पत्रमा (१) निर्वाचन समिति गठन सम्बन्धमा, (२) निर्वाचन पुनरावेदन समिति गठन सम्बन्धमा र (३) उम्मेद्वारको मनोनयन शुल्क निर्धारण सम्बन्धमा’ मात्रै समावेश थियाे । महासचिव तुलाधरले शुक्रबार सर्कुलर गरेकाे पत्रमा (३) नम्बर बुँदामा ‘संघको वार्षिक कार्यक्रम तथा बजेट एवं आ.व २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा’ भन्ने एजेन्डा थपिएको छ ।
एन्फाको गत फागुनमै हुने भनिएको विशेष साधारणसभा दुईपटक स्थगित भएको थियो । एन्फाले ८ फागुनका लागि विशेष साधारणसभा तय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ चैत्र २०७८, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एन्फाको वार्षिक बजेट डेढ अर्ब
खेलाडीका परिवारलाई ८ लाखका दरले राहत
एन्फा महिला लिगमा आज दुई खेल हुँदै
एन्फाले उत्कृष्ट खेलाडीलाई कार दिने
एन्फाले नयाँ फुटबल प्रशिक्षक नियुक्त गर्ने
एन्फा उपाध्यक्ष दावा लामा छुटे