काठमाडौं । करिब ५० वर्ष एउटै पार्टीमा काम गरेका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र एमालेबाट आठ महिनाअघि विभाजित नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालबीच व्यक्तिगत रूपमै आरोपप्रत्यारोप चल्दै आएको छ।
पार्टी विभाजन यता दुई नेताबीच अहिलेसम्मै आरोपप्रत्यारोप चल्दै आएको हो। यो क्रम अझै चल्ने सम्भावना बढेर गएको छ। शनिबार यी दुई नेताले फरकफरक कार्यक्रममा एकले अर्कोलाई घोचपेच गर्ने, आरोप–प्रत्यारोप गर्ने क्रमलाई निरन्तरता दिए।
एमाले अध्यक्ष ओली काठमाडौँमा नेपालप्रति आक्रामक बनिरहँदा माधव नेपाल भने गोरखा पुगेर ओलीमाथि खनिएका थिए। नेपालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० लाई ओलीले संसद्बाट हुबहु अनुमोदन गराउन खोजेको तर आफूहरूले त्यसलाई व्याख्यात्मक टिप्पणीसहित सच्याएको दाबी गरेका थिए।
तर त्यही बेला ओलीले भने माधव नेपालले एमालेलाई दागी बनाउन खोज्दा आफूहरूले जोगाएको दाबी गरेका थिए। हरेक सार्वजनिक कार्यक्रममा यी दुई नेता आफूलाई केन्द्रमा राख्दै आरोपप्रत्यरोपमा उत्रिने गरेका छन्। एमालेका अध्यक्ष ओलीले नेकपा एसका अध्यक्ष नेपाललाई सार्वजनिक रूपमा व्यक्तिगत गाली गर्दै आएका छन्।
नेपालले पनि व्यक्तिगत गालीकै रूपमा जवाफ फर्काउने गरेका छन्। एमाले अध्यक्ष ओलीले शनिबार मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै २० वर्षअघि भएको राजदबार हत्याकाण्डमा दीपेन्द्रलाई हत्यारा साबित गर्न बनेको छानबिन समितिमा बसेर नेता नेपालले एमालेलाई बिटुल्याउन खोजेको आरोप लगाए। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०६ चैत्र २०७८, ०८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीम रावलले सोधे केपी ओलीलाई पत्रकार सम्मेलनबाटै स्पष्टीकरण
प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरोको संक्रमण भएपछि केही दिन आराम गर्न चिकित्सकको सुझाव
केपी ओलीको शपथ ग्रहणमा गएनन् माधव नेपाल
केपी ओली प्रधानमन्त्रीमा नियुक्त
राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबीच संवाद र साझा प्रयास आवश्यक हुन्छ : केपी ओली
एमालेलाई ध्वस्त बनाउने प्रयास भइरहेको छ : केपी ओली