काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिहरूलाई पुनः निर्वाचन उठ्नका लागि बेरुजु फस्र्यौट अनिवार्य रूपमा गर्नुपर्ने गरी आचारसंहिता जारी गरेपछि उनीहरूका नाममा अर्बौँ बेरुजु उठ्ने सम्भावना देखिएको छ ।
महालेखा परीक्षकको कार्यालयले गत वर्ष गरेको लेखापरीक्षणका क्रममा विभिन्न स्थानीय तहबाट ५ अर्ब ४४ करोड २९ लाख रुपैयाँ असुल गर्नुपर्ने बेरुजु रहेको औंल्याएको थियो ।
पालिकाको मुख्य नेतृत्वको हैसियतले आफ्नो पालिकामा रहेको बेरुजु फस्र्यौट गर्नुपर्ने दायित्व मेयर वा अध्यक्षको हो ।
निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने तह निर्वाचनलाई लक्षित गरी आचारसंहितासमेत जारी गरिसकेको छ ।
सो आचारसंहितामा हालका जनप्रतिनिधिहरू पुनः निर्वाचनमा सहभागी हुनका लागि यसअघि पालिकामा रहेको बेरुजु अनिवार्य रुपमा फस्र्यौट गर्नुपर्नै प्रावधान राखिएको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०६ चैत्र २०७८, ०७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बारको निर्वाचन भोलि, बिहान ८ बजेदेखि मतदान
विश्वविद्यालयको निवेदनपछि आजका लागि तोकिएको पेसी स्थगित
आरआरमा निर्वाचनको माग गर्दै नेविसंघको प्रदर्शन, बानेश्वरमा मतदान सुरु
यस्तो छ स्ववियु निर्वाचन कार्यतालिका
सभापति चयनका लागि तय भएको विषयगत समितिको निर्वाचन स्थगित
दुई चरणमा अनेरास्ववियु क्रान्तिकारीको निर्वाचन