बैंक अफ काठमाण्डू र हेफर नेपालबीच सहकार्य हुने

सफल खबर संवाददाता

बुधबार, ०२ चैत्र २०७८, १३ : २९
बैंक अफ काठमाण्डू र हेफर नेपालबीच सहकार्य हुने

 

काठमाडौँ   ।  बैंक अफ काठमाण्डू लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न ग्रामीण क्षेत्रहरुमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्न हेफर नेपालसँग सम्झौता गरेको छ।

सम्झौताअनुसार बैंकले हेफर नेपालसँगको सहकार्यमा देशका विभिन्न स्थानमा बैंकिङ क्षेत्रभन्दा बाहिर रहेकाहरुलाई बैंकिङ चेतना अभिवृद्धि र वित्तीय कारोबारमा प्रोत्साहन गरी बैंकिङ पहुँचमा ल्याउने लक्ष्य रहेको छ। उक्त कार्यक्रम सञ्चालनको लागि बैंक र हेफर नेपालको सहकार्यमा बैंकिङ तथा वित्तीय साक्षरतासम्बन्धी विभिन्न सन्दर्भ सामग्री निर्माण गरी कार्यक्रमलाई प्रभावकारी बनाउन बैंक र हेफर नेपालले प्रतिबद्धता जनाएका छन्।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख संस्थागत निक्षेप दिलीप पोखरेल तथा हेफर नेपालका प्रमुख डा शुभनाथ महतोले हस्ताक्षर गरेका छन्।बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालय, ८५ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ। 

प्रतिक्रिया दिनुहोस