सल्यानमा ई-पासपोर्टको आवेदन संकलन सुरू

सफल खबर संवाददाता

बुधबार, ०२ चैत्र २०७८, ११ : २४
सल्यानमा ई-पासपोर्टको आवेदन संकलन सुरू

 काठमाडौँ ।   जिल्ला प्रशासन कार्यालय सल्यानले विद्युतीय राहदानी (ई-पासपोर्ट) का लागि आवेदन संकलन सुरु गरेको छ। गत मंसिर १ गतेदेखि मेसिन रिडेबल पासपोर्ट (एमआरपी)को आवेदन संकलन स्थगित गरिएपछि राहादानीको आवेदन लिइएको थिएन।

ई-पासपोर्टका लागि जैविक वितरणसहितको फारक संकलन सुरू गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ। कपुरकोट गाउँपालिका–५ की भिमा डाँगीको ई-पासपोर्टका लागि जैविक विवरण भरेर आवेदन लिन सुरू गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए।

नयाँ प्रविधि भएको हुँदा पहिलेको भन्दा त्रुटिरहित सेवा यसबाट प्रदान हुने उनको भनाइ छ। ई-पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य छ।आवेदन दिएको २० देखि ३० दिनभित्रमा ई-पासपोर्ट उपलब्ध हुने कार्यालयले जनाएको छ। जैविक वितरण जिल्ला प्रशासन कार्यालयमा आई भर्नुपर्ने छ भने अन्य विवरण फाराममार्फत भर्न सकिने छ। 

प्रतिक्रिया दिनुहोस