नेपाल र साउदी अरबबीच सहयोग सम्झौता पत्रमा हस्ताक्षर

सफल खबर संवाददाता

मंगलबार, ०१ चैत्र २०७८, १३ : ३६
नेपाल र साउदी अरबबीच सहयोग सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौँ  । नेपाल र साउदी अरबबीच पारस्परिक सहयोग अभिवृद्धि गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरब परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदी अरबका तर्फबाट साउदी विदेशीमन्त्री फैजल बिन फरहान अल साउदले हस्ताक्षर गरेका छन् ।साउदी अरबका विदेशमन्त्री तथा साउदी राजकुमार फैजल दुई दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौँ आएका थिए।

प्रतिक्रिया दिनुहोस