साउदी अरबका राजकुमार काठमाडौंमा

सफल खबर संवाददाता

सोमबार, ३० फागुन २०७८, २१ : २२
साउदी अरबका राजकुमार काठमाडौंमा

काठमाडौं । साउदी अरेबियाका विदेशमन्त्री समेत रहेका राजकुमार फेसला बिन फरहान अल साउद नेपाल आइपुगेका छन् । 

दुई दिने औपचारिक नेपाल भ्रमणका लागि उनी आज आइपुगेका छन् । परराष्ट्र सचिव भरत राज पौड्यालले साउदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । 

राजकुमार साउदे राष्ट्रपति, प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ताका साथै परराष्ट्र मन्त्री नारायण खड्कासँग बैठकको कार्यक्रम छ। 

प्रतिक्रिया दिनुहोस