राेकिएका पाटनका मेला तथा प्रदर्शनी आयाेजना गर्न नेपाल हस्तकला महासंघकाे माग

सफल खबर संवाददाता

सोमबार, ३० फागुन २०७८, १५ : २२
राेकिएका पाटनका मेला तथा प्रदर्शनी आयाेजना गर्न नेपाल हस्तकला महासंघकाे माग

नेपाल हस्तकला महासंघले काेराेनाका कारण दुई वर्षदेखि ललितपुरकाे पाटनमा राेकिएका मेला तथा प्रर्दशनी आयोजना गर्न नगरपालिकासँग माग गरेकाे छ ।

पाटनको नागवहालमा आइतबार आयोजित महिला हस्तकला मेलाको समापनका अवसरमा महासंघका उपाध्यक्ष रविन्द्र शाक्यले लामो समयसम्म मेला र प्रर्दशनी नहुँदा व्यवासायीहरू मारमा परेको बताए ।उनले भने, ‘चार वर्षदेखि खासै मेला प्रदर्शनी नहुँदा आर्थिक क्षेत्र चलायमान भएन । अब नगरपालिकाले बजेट नै छुट्टाएर वर्षमा ६ वटा मेला आयाेजना गराेस्।’

मेला प्रदर्शनी आयोजना गर्न आफूले के गर्नु पर्ने हो त्यो गर्न तयार रहेको महानगरकी उपमेयर गीता सत्यालले बताइन् । महागरपालिका-१६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले मेलाको उत्साहपूर्ण सहभागीताले गर्व लागेको बताए । हामी नगरपालिकाको तर्फबाट वडामा हरेक वर्ष मेला आयोजना गर्न तयार छौं। कोरोना माहामारीका कारण दुई वर्ष भने मेला भएनन् । अब नियमित हुन्छ’, उनले भने।वर्ल्ड क्राफ्ट एसाेसिएसनले ललितपुरलाई कला नगरी घोषणा गरे पनि निरन्तर रूपमा मापदण्ड पूरा नगरे हटाउन सक्ने प्रावधान रहेको कलाकर्मीकाे भनाइ छ। 

११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको सद्भभावनामा महानगरको १६ नम्बर वडाले महिला उद्यमी मेला आयोजना गरेको हो ।मेलामा विभिन्न ५२ वटा स्टल थिए । मेलामा फेस पेन्टिङ, फुड स्टल, बाजा, कला तथा तस्बिर प्रदर्शनी आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस