काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकआजबाट सुरु हुँदै छ। बिहान ११ बजे बस्ने बैठक भोलिसम्म सञ्चालन हुने प्रवक्ता जगन्नाथ खतिवडाले जनाकारी दिए ।
बैठक बबरमहलस्थित कार्की ब्यांकेटमा बस्दैछ। बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची छ। पोलिटब्युरो सदस्यको सुझावसहित पेस हुने प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा र स्थानीय तह निर्वाचनको तयारी प्रमुख रहेको छ।
सदनबाट पारित अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का विषयमा बैठकमा छलफल हुने संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए । २३ फागुनको बैठकले केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियाे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ फागुन २०७८, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीले घनश्याम भुसालको नेतृत्वमा ‘आन्दोलनद्वारा पार्टी निर्माण’ गर्ने
सरकारले भ्रष्टाचार नियन्त्रण होइन भ्रष्टाचारीहरूलाई संरक्षण गरेको छ : एकीकृत समाजवादी
उथलपुथलको सम्भावना छ, विपक्षीहरू एक बनौँ : माधव नेपाल
एकीकृत समाजवादी गण्डकी प्रदेशको प्रथम अधिवेशन पोखरामा
एकीकृत समाजवादीको कार्यविभाजन : यी हुन् सात प्रदेशका इन्चार्ज र सहइन्चार्ज
एकीकृत समाजवादीमा पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन