अमेरिकन एयरलायसन्सको विमान दुर्घटना: ब्ल्याक बक्स फेला पर्‍यो

एजेन्सी

शुक्रबार, १८ माघ २०८१, ०८ : ५७
अमेरिकन एयरलायसन्सको विमान दुर्घटना: ब्ल्याक बक्स फेला पर्‍यो

एजेन्सी । वासिङ्टन डीसीमा हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको अमेरिकन एयरलायन्सको विमानको ब्ल्याक बक्स भनिने फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर फेला परेको अधिकारीहरूले बताएका छन् । ब्ल्याक बक्समार्फत् दुर्घटना हुँदा के भएको थियो भन्ने पत्ता लगाउन सहज हुने  छ । 

ब्ल्याक बक्सलाई राष्ट्रिय यातायात सुरक्षा बोर्डको प्रयोगशालामा जाँच गरिने बीबीसीले जनाएको छ । 

चालक दलसमेत ६४ जना सवार विमान र ३ सैनिक चढेको हेलिकप्टर स्थानीय समयानुसार बुधबार राति ९ बजे वासिङ्टन डीसीस्थित रेगन राष्ट्रिय विमानस्थलनजिकै आकासमा ठोकिएर पोटोम्याक नदीमा खसेका थिए। 

आकासमा ठोकिएर विमान र हेलिकप्टर खसेको पोटोम्याक नदी अमेरिकाको मध्य–एट्लान्टिक क्षेत्रको एक प्रमुख नदी हो। 

विमान र हेलिकोप्टर ठोकिएर खसेको स्थानबाट ४० शव निकालिएको छ । अहिलेसम्म विमान खसेको नदीबाट ४० भन्दा बढी शव निकालिएको सीएनएनले जनाएको छ । अहिले उद्धारको काम चलिरहेको छ।

दुर्घटनामा कोही पनि जीवित नरहेको निष्कर्षमा अधिकारीहरू पुगेका छन् । दुर्घटनामा सबैको मृत्यु भएको आशंका गरिएको छ। दुर्घटनामा अहिलेसम्म कसैलाई पनि जीवित पाइएको छैन ।

दुर्घटनाको कारण पहिचानका लागि छानबिन जारी रहेको अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस