काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सुरु हुने सचिव जीवनराम श्रेष्ठले जानकारी दिएका छन् ।
उनकाअनुसार बैठकमा आगामी निर्वाचन र अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा उभिएपछि उत्पन्न परिस्थिति, गठबन्धनको भविष्यलगायत समसामयिक विषयमा छलफल हुनेछ ।
पोलिटब्यूरो बैठक बोलाएको एकीकृत समाजवादीले फागुन २५ र २६ गते केन्द्रीय समितिको बैठकसमेत बोलाएको छ । केन्द्रीय समितिको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन र महासचिव डा। बेदुराम भुसालले सांगठानिक प्रतिवेदन पेस गर्ने तयारी छ ।
बैठकमा विभिन्न विभाग, निकाय र भूगोलका कार्य योजना, रणनीति र कार्यक्रमबारे छलफल हुने पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ फागुन २०७८, १० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीले घनश्याम भुसालको नेतृत्वमा ‘आन्दोलनद्वारा पार्टी निर्माण’ गर्ने
सरकारले भ्रष्टाचार नियन्त्रण होइन भ्रष्टाचारीहरूलाई संरक्षण गरेको छ : एकीकृत समाजवादी
उथलपुथलको सम्भावना छ, विपक्षीहरू एक बनौँ : माधव नेपाल
एकीकृत समाजवादी गण्डकी प्रदेशको प्रथम अधिवेशन पोखरामा
एकीकृत समाजवादीको कार्यविभाजन : यी हुन् सात प्रदेशका इन्चार्ज र सहइन्चार्ज
एकीकृत समाजवादीमा पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन