काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-४ चण्डेश्वरी बनस्थली बस्ने जुम्ला तातोपानी गाउँपालिका-७ घर भएका मदे भन्ने ३२ वर्षीय मान बहादुर रावतको हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बुढानीलकण्ठ नगरपालिका-५ बस्ने २३ वर्षीय याकुब चौधरी र सोही ठाउँ बस्ने सर्लाही बरहथवा नगरपालिका-८ घर भएका १६ वर्षीय किशोर रहेका छन् ।
बुढानीलकण्ठ नगरपालिका-५ स्थित दुलाल गाउँ हाल श्रीनगर टोलमा गत मंगलबार मान बहादुर रावतको रगताम्य अवस्थामा शव फेला परेको घटनाको थियो भने अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा गत फागुन १६ गते राति बुढानीलकण्ठ नगरपालिका-५ स्थितमा मान बहादुरसँग भेट हुँदा याकुबले लागुऔषध खरिद गर्न नगद ३५ हजार रूपैयाँ दिएको र मान बहादुरले लागूऔषध नल्याएको विषयमा विवाद हुँदा उनीहरूले मान बहादुरलाई कुटपिट र बाँसको लठ्ठी प्रहार गरी गम्भीर घाइते बनाई दुवैजना फरार भएका खुल्न आएको हो । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २२ फागुन २०७८, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दिल्लीमा युवतीको गोली हानी हत्या
देवरद्वारा भाउजूको हत्या
ललितपुरमा खुकुरी प्रहार गरेर युवकको हत्या
निलबाराही जङ्गलमा मृत फेला परेका राईको हत्या भएको खुलासा
ससुराली हिँडेका शिवशंकरको विभत्स हत्या, जंगलमा भेटियो शव
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या