‘बैंक अफ काठमाडौं’ को मौलाउदो ठगी धन्दा, ठगिएपछि यसरी बिलौना गर्दैछन् सेवाग्राही...

पत्रपत्रिकाबाट

शनिबार, २१ फागुन २०७८, ०८ : ३९
‘बैंक अफ काठमाडौं’ को मौलाउदो ठगी धन्दा, ठगिएपछि यसरी बिलौना गर्दैछन् सेवाग्राही...

काठमाडौं । बैंक अफ काठमाण्डु (बीओके)ले  सोझासाझा सिधा ग्राहकलाई कर्जा प्रवाह गर्ने र कर्जा प्रवाह गरिसकेपछि पनि कर्जा बाँकी छ भनेर ग्राहकलाई दुःख दिने गरेको पाईएको छ । सुरुमा ९ प्रतिशतमा कर्जा दिन्छौं भनी लोभ दिएको बीओकेले सम्झौता गर्ने बेलामा भने १३ प्रतिशत पु¥याएर मध्यमवर्गका ग्राहकलाई बढी ब्याज असुलेको छ ।

यस्तै बैंकको चंगुलमा फस्नेमा परेका छन्, मोरङ उर्लाबारीका निलमणि कालाखेती । उनले सात वर्षअगाडि १० लाख रुपैयाँ व्यक्तिगत कर्जा लिएका थिए । घरधितो राखेर वा पसल धितो राखेर व्यवसाय कर्जा लिन खोजेका कालाखेतीलाई अनेक प्रलोभन देखाई ललाइफकाइ व्यवसाय कर्जाभन्दा पनि व्यक्तिगत कर्जा लिनमा सहमत गराएको उनका श्रीमती सीता भट्टराईले बताइन् ।

९ प्रतिशतमा कर्जा पाउने भएपछि अर्को बैंकमा प्रक्रिया रोकेका कालाखेती परिवार तब झस्किए जब कर्जा लिने बेलामा ११ प्रतिशत ब्याज हुने भनियो । लौ त अब के गर्ने भनेर हार मानेर कर्जा लिन सहमत भएका कालाखेतीले कर्जाको कागजमा १३ प्रतिशत ब्याजदर हुने कुरा हस्ताक्षर गरी प्रक्रिया पुर्याइसकेपछि मात्र थाहा पाएको बताए ।

लौ त ठिकै छ भनेर ८४ किस्तामा मासिक १७ हजार ९ सय २१ तिरेपछि कर्जा चुक्ता हुन्छ भनेर ढुक्क भएका कालाखेती परिवार कर्जा लिएको सात वर्षपछि पुनः ठगिएको भन्दै बिलौना गर्न थालेका छन् । कर्जाको किस्ता एकचोटि पनि नटुटाइकन अझ किस्ता तिर्नकै लागि साथीभाइसँग सापटी वा ऋण गरेर तिरेको सीता भट्टराइले बताइन् । ८४ किस्ता तिरिसकेपछि अब कर्जामुक्त भएको ठानेका निलमणि कालाखेती तब झस्किए जब सबै किस्ता तिरिसक्दा पनि अझै १ लाख ५५ हजार कर्जा बाँकी रहेको भनेर बैंकले जानकारी दियो ।

सात वर्षमा ८४ किस्ता गन्दै बसेका उनीहरूलाई बीओके बैंकले भन्यो, भन्ने मात्र सात वर्ष हो । कर्जा तिर्दै जाँदा आठ वर्ष पनि लाग्छ ।कागजमा पनि ९ प्रतिशत भनेर १३ प्रतिशत पु(याएको बीओके बैंकले किस्ता पनि ८४ लेखेर लम्ब्याएर दुःख दिएको कालाखेती परिवारले बताए ।बैंकहरूले ऋणीलाई मात्र हैन निक्षेपकर्ता पनि महँगो ब्याजदरमा निक्षेप गर्न लगाएर खबर नै नगरी ब्याजदर घटाइ दिने गरेको पुरानो प्रथा हो । ठगिएको जानकारी नै नहुने गरी बैंकहरूले झुक्याइसकेको हुन्छ ।

आज एउटा दर कायम गरेर ब्याज लिने र त्यसको ब्याज दर भोलिपल्ट नै बिना जानकारी ऋणको ब्याजदर बढाइदिन्छन् । बैंकले ऋणीहरूको ब्याजदर लगातार यसैगरी खबर नगरीकन वृद्धि गरिरहेका हुन्छन् । ऋणीले निश्चित समयमा ऋण तिर्नेगरी कर्जा लिएका हुन्छन्, एउटा कबुलमा महिनैपिच्छे ब्याजदर तिर्छ तर उसले सोचेजस्तो हुँदैन र पटकपटक ब्याजदर बढिरहन्छ । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस