काठमाडौँ । कम्तिमा दुई साताभित्र बेलायतमा बाँकी सम्पूर्ण कोभिड प्रतिबन्ध हटाइने भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले संसदमा यस्तो जानाकारी दिएका हुन् । कोभिडसँगै बाँच्ने रणनीतिअनुसार सबै प्रतिबन्ध हटाइन लागिएको प्रधानमन्त्री जोनसनले बताए ।
परीक्षणपछि कोभिड पोजेटिभ देखिएपछि आफै आइसोलेसनमा बस्नुपर्नेलगायतका नियमको म्याद २४ मार्चमा समाप्त हुँदैछ । कोभिड संक्रमणका घटना कमी हुँदै गएको र विज्ञहरुले सावधानी दर्शाए विपरित मृत्युका घटनामा उल्लेख्य कमी आएपछि सरकारले सबै प्रतिबन्ध हटाउने भएको हो ।
सरकारको तथ्यांकअनुसार पछिल्लो मंगलबार बेलायतमा ६६ हजार १ सय ८३ नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो साताको तुलनामा ४१ दशमलब १ प्रतिशतले कमी हो । १० दिनअघिसम्म बेलायतमा दैनिक संक्रमितको संख्या एक लाख थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २७ माघ २०७८, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायती राजकुमारले गराए ब्रिटिश सेनामा भर्ती भएका नेपालीलाई शपथ
बेलायतमा रहेका कोइरालासँग तत्कालीन अनमिन प्रमुख मार्टीनको भेट
बेलायत जाँदै शेखर कोइराला
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
बेलायतको राष्ट्रिय कर्जा आगामी ५० वर्षमा तेब्बर हुने
बेलायतमा डान्स क्लासमा चक्कु प्रहार, २ बालिकाको मृत्यु, ९ घाइते