एमसीसी सम्झौताको विरोधमा राजधानीमा वृहत जनप्रदर्शन हुने

सफल खबर संवाददाता

शनिबार, २२ माघ २०७८, २० : ५०
एमसीसी सम्झौताको विरोधमा राजधानीमा वृहत जनप्रदर्शन हुने

काठमाडौँ । एमसीसी सम्झौता विरोधी विभिन्न राजनीतिक पार्टी र मोर्चाले माघ २६ गते राजधानीमा वृहत जनप्रदर्शन गर्ने भएका छन्  ।

राजधानीमा शनिबार आयोजित २२ वटा राजनीति पार्टी, मोर्चा, अभियान र संगठनहरुको बैठकले उक्त निर्णय गरेको हो । बैठकले २६ माघको जनप्रदर्शनका विषयमा २४ माघमा पत्रकार सम्मेलन गरेर थप जानकारी दिने निर्णय समेत गरेको छ ।

नेकपा मालेका महासचिव सीपी मैनालीको अध्यक्षतामा भएको बैठकले ४ बुँदे निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस