काठमाडौैं । ‘पुष्पा २’ सन् २०२४ मा भारतको धेरै कमाउने फिल्म हो । अल्लु अर्जुन स्टारर तेलुगु एक्सन–थ्रीलर डिसेम्बर ५ मा हलमा रिलिज भएको थियो । फिल्मले विश्वब्यापी १८०० करोड भारु कमाएको छ ।
सुकुमार निर्देशित फिल्म भारतीय फिल्म इतिहासमा सर्वकालिन धेरै कमाउने फिल्म हो । डिजिटल रिलिजको प्रतीक्षामा यो फिल्मलाई लिएर फ्यान उत्साहित थियो । नेटफ्ल्क्सिले यसको स्ट्रिमिङ अधिकार महंगो मूल्यमा खरिद गरेको थियो । विहिबारदेखि प्लाटफर्मले फिल्म रिलिज गरेको छ ।
‘रिलोड भर्सन’ बताइएको ‘पुष्पा २’को २३ मिनेटको नयाँ दृश्य नेटफ्ल्क्सिमा हेर्न पाइनेछ । यसअघि हलमा दर्शकले यी दृश्य हेर्न पाएका थिएनन् । यसकारण पनि, यसको डिजिटल संस्करणको रिलिज प्रतीक्षित थियो ।
अहिलेलाई भने नेटफ्ल्क्सिमा हिन्दी, तामिल, तेलुगु, मलायलम संस्करणमा रिलिज भएको हो । कन्नाडा संस्करणको फिल्म भने चाँडै उपलब्ध हुने जनाइएको छ । नेटफ्ल्क्सिले २७० करोड भारुमा यो फिल्मको डिजिटल राइट किनेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ माघ २०८१, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पुष्पा २’बन्यो पहिलो दिन सर्वाधिक कमाउने भारतीय फिल्म
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
पुष्पा- २ को नयाँ रिलिज मिति सार्बजनिक
पुष्पा:२ ले फिल्म रिलिज अघि नै १००० करोड कमाउने