६ महिनामा ३४ करोडभन्दा बढी मूल्यको लेज तथा कुर्कुरे आयात

सफल खबर संवाददाता

विहीबार, १७ माघ २०८१, १३ : २७
६ महिनामा ३४ करोडभन्दा बढी मूल्यको लेज तथा कुर्कुरे आयात

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा ३४ करोडभन्दा बढी मूल्यको लेज तथा कुर्कुरे आयात भएको छ ।साउनदेखि पुस मसान्तसम्ममा ३४ करोड ८६ लाख ९४ हजार रुपैयाँको ६ लाख ७१ हजार १९४ किलो लेज, कुर्कुरे र कुर्मुरे आयात भएको भन्सार विभागले जनाएको छ ।

उक्त लेज तथा कुकुरे आयात हुँदा २१ करोड ८१ लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।उक्त लेज, कुर्कुरे भियतनाम, टर्की, मेक्सिको, मलेसिया, दक्षिण कोरिया, भारत लगायत ९ मुलुकबाट आयात भएको छ ।

जसमध्ये सबैभन्दा धेरै भारत, मलेसिया र दक्षिण कोरियाबाट आयात भएको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस