कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक माघ २७ मा

सफल खबर संवाददाता

शनिबार, २२ माघ २०७८, १९ : ४३
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक माघ २७ मा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको प्रथम बैठक माघ २७ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

बैठक माघ २७ गते दिउसो २ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकमा म्याद सकिएका भातृ एवं शुभेच्छुक संस्था बारे छलफल हुने बताइएको छ । यसका साथै पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाका सम्बन्धमा पनि बैठकमा छलफल हुने एजेन्डा रहेको छ ।