काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा सुरु भएको बैठकमा संसद्को हिउँदे अधिवेशनबारै छलफल हुने बताइएको छ ।
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठक दुई दिन चल्नेछ । सरकारले ल्याएका अध्यादेशमाथि छलफल, आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रस्तुत भइसकेका तर, विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरूमाथि समेत छलफल गर्न दलको बैठक बोलाइएको घिमिरेले बताए ।
आउँदो १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् । संसद् अधिवेशन बोलाउन सिफारिस गर्नु केही दिनअघि सरकारले ६ अध्यादेश ल्याएको थियो । ती अध्यादेश पनि राष्ट्रपतिबाट जारी भइसकेका छन् ।
संसद् अधिवेशन छलेर सरकारले अध्यादेश ल्याउनु भएको भन्दै कांग्रेस वृत्तबाटसमेत आलोचना भइरहेको छ । पार्टीका प्रभावशाली नेताहरूले समेत अध्यादेश ल्याउने सरकारको कदमलाई गलत भन्दै सार्वजनिक अभिव्यक्ति दिइरहेका बेला शनिबार पार्टीको शीर्ष नेतृत्वले मन्त्रीहरूसँग छलफल गरेको थियो ।
छलफलमा सहभागी हुँदै सभापति शेरबहादुर देउवाले अध्यादेशको पक्षमा एकढिक्का हुन सबैलाई निर्देशनसमेत दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ माघ २०८१, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मैले र गगनले कुलमान हटाउन हुँदैन भनेका थियौं: विश्वप्रकाश शर्मा
देउवा निवास बूढानीलकण्ठमा कांग्रेसको चियापान, शेखर पनि सहभागी
कांग्रेस नेताहरुको सामाजिक सन्जालमा मजाक लाग्दो रोइलो
काँग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० सदस्य मनोनीत
भ्रष्टाचारमा दोषी ठहरिएका जिल्ला सभापतिलाई बर्खास्तको माग गर्दै प्रदर्शन
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै