काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश १ को सरकार मन्त्रालय र मन्त्री भागबण्डाको झगडामा अल्झिएको आरोप लगाएको छ। शुक्रबार नेकपा एमाले संसदीय दलले पत्रकार सम्मेलन गरी ५ दलीय गठबन्धनको सरकार गठन भएको तीन महिना वितिसक्दासमेत मन्त्रालय र मन्त्री भागबण्डाको झगडामै अल्झिरहेको आरोप लगाएको हो।
नेकपा एमाले प्रदेश १ का संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री भीम आचार्यले प्रदेश सरकार मन्त्रालय र मन्त्री भागबण्डाको झगडामा रुमलिइरहेका कारण गठन भएको तीन मिहना वितिसक्दा पनि कुनै काम गर्न नसकेको बताए। उनले भने, ‘जनताका समस्यामा सरकार बेखवर भएको छ। मल नपाएर किसान छटपटाइरहँदा सरकारको उपस्थिति कतै देखिँदैन। कोरोनाका कारण जनताले अकालमा ज्यान गुमाइरहँदा सरकार मुक दर्शक भइरहेको छ।’
जनताका समस्यालाई ध्यान नदिइ कुम्भकर्ण जसरी प्रदेश सरकार सुतेको आचार्यको टिप्पणी छ। उनले अघिल्लो सरकारले तयार गरेका विकास र समृद्धिका आधारहरूलाई भत्काउने, बिगार्ने, समितिहरू विघटन गर्ने र बजेटविहीन बनाएर निश्प्रभावि बनाउने काममा सरकार लागिरहेको बताए। जनताको समस्याका बारेमा छलफल गर्ने संसदलाई विजनेशविहीन बनाएर सरकार मन्त्रालय फुटाएर विकास आयोजना कटौती गरी मन्त्रीहरूको भरणपोषण गर्ने काममा लागेको आचार्यले आरोप लगाए। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २२ माघ २०७८, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बुझ्न मानेन महानगरको जरिवाना पत्र
काठमाडौंमा एमालेको प्रदर्शन (तस्वीरहरू)
एमालेले आज शक्ति प्रदर्शन गर्दै
भोलि दरबारमार्गमा एमालेको शक्ति प्रदर्शन
कम्बोडिया पुग्यो एमालेसहितको पाँच दलको टोली
एमालेले गर्ने सभाको स्थान परिवर्तन