सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

मंगलबार, ११ माघ २०७८, ११ : ३४
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

 काठमाडौं । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । सोमबारको तुलनामा म‌ंगलबार छापावाला सुनको मूल्य प्रतितोलामा ५००ले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल  सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार  सोमबार  छापावाला सुन  प्रतितोला ९३ हजार ५०० रुपैँयामा कारोबार भएको थियो । यसैगरी, मंगलबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको भाउ प्रतितोला एक हजार ३०० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस