कैलालीमा श्रीमानले गरे श्रीमतीको हत्या

सफल खबर संवाददाता

सोमबार, १० माघ २०७८, ११ : ५५
कैलालीमा श्रीमानले गरे श्रीमतीको हत्या

धनगढी । कैलालीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको गोदावरी नगरपालिका–९ का परशुराम रोक्कामगरले आइतबार साँझ कुटपिट गरी श्रीमती भावनाको हत्या गरेका हुन् ।

श्रीमतीको हत्या गरेर रोक्कामगर फरार भएको र उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ । घरायसी विवादमा रोक्कामगरले कुटपिट गर्दै श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएका छन् । 
 

प्रतिक्रिया दिनुहोस