काठमाडौं उपत्यकामा आज बिजोर नम्बर प्लेटको सवारीसाधन मात्र चल्ने

सफल खबर संवाददाता

आइतबार, ०९ माघ २०७८, ०७ : ५५
काठमाडौं उपत्यकामा आज बिजोर नम्बर प्लेटको सवारीसाधन मात्र चल्ने

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिजोर नम्बर प्लेटको सवारीसाधन मात्र चल्न पाउने छन् । स्थानीय प्रशासनको आदेश अनुसार आज बिजोर गते भएकाले बिजोर नम्बर प््लेटको निजी तथा सार्वजनिक सवारी साधानमात्रै चल्न पाउने भएको हो । 

गत बिहीबार बसेको काठमाडौं,ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले कोरोना संक्रमण रोकथामका लागि भन्दै यातायातमा जोरबिजोर लगाउने निर्णय भएको थियो ।

जुन निर्णय शनिबारदेखि लागू भएको थियो । निर्णयानुसार जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्लेटको सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।

प्रतिक्रिया दिनुहोस