रोल्पा । मानव हत्यामा संलग्न रही फरार रहेका यहाँका एक व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् । परिवर्तन गाउँपालिका–६ का गनबहादुर कामी २७ वर्षपछि पक्राउ परेका हुन् ।
कामी विसं २०५१ भदौ २१ गते साविक तालावाङ गाविस–७ हाल माडी गाउँपालिका–३ खारावाङका चुनवहादुर घर्तीको हत्या गरी फरार रहेका थिए । गाउँको जग्गा साँध सिमानासम्बन्धी भएको विवादमा रिसइवी लिई कामीले घर्तीको हत्या गरेको प्रहरीले जनाएको छ ।
उनलाई जिल्ला अदालतको विसं २०७० वैशाख ९ गतेको फैसलाले २० वर्ष कैद सुनाएको थियो । अदालतको फैसलापछि पनि उनी फरार रहेका थिए । फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्ण रानाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ माघ २०७८, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोरखामा एक महिलाको मध्यराति हत्या
श्रीमतीको हत्यापछि टाउको बोकर हिँडेको अवस्थामा युवक पक्राउ
श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ
बाबुले गरे हँसिया प्रहार गरी छोराको हत्या
स्याङ्जामा घनले हानेर एक जनाको हत्या
सर्लाहीमा श्रीमतीको गोली हानेर हत्या