काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा बन्न लागेको सहमतिको वातावरण बिगार्न र विवाद चर्काउन कामचलाउ महासचिव हेमराज शर्मा आफै लागेका छन्।गत शनिबार सम्पन्न गैरआवासीय नेपाली संघ अन्तरर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) को ८१औं बैठकका निर्णयभन्दा फरक बुँदाहरूलाई बैठकको माइन्युट ड्राफ्ट भन्दै शर्माले इमेल पठाएपछि संघकै वरिष्ठ पदाधिकारीहरूले आपत्ति जनाएका छन् ।
बैठकले गैरआवासीय नेपाली संघको महाधिवेशन प्रतिनिधि र विवाद समाधान गरेर महाधिवेशन र निर्वाचनसमेत गर्ने जिम्मेवारी विस्तारित संरक्षक परिषदलाई दिएको छ। आर्थिक र सांगठनिक गरी दुई प्रतिवेदन महाधिवेशनमा पठाउन पारित गरेको थियो । तर बैठकमा एनसीसी जापानबारे कुनै निर्णय नै भएको थिएन । तर निर्णय नै नभएको कुरालाई कामचलाउ महासचिव शर्माले निर्णय नम्बर ५.४ मा थपेर पठाएका छन्।
प्रवक्ता डिबी क्षेत्रीको नामबाट आएको इमेलमा उक्त विषय उल्लेख छैन । बैठकले विस्तारित संरक्षक परिषदलाई दिएको टीओआरलाई पनि उनले आफुखुसि व्याख्या गर्ने प्रयास गरिरहेका छन्।
एनआरएनएको गत अक्टुवर २०२१ मा हुनुपर्ने १०औं महाधिवेशन तथा निर्वाचन प्रतिनिधि (डेलिगेट्स) चयनसम्बन्धी विवादका कारण पटक पटक मिति तोक्दा पनि हुन नसकेपछि आइसीसीको ८१औं बैठकले सो सम्पन्न गर्ने जिम्मा संघका प्रमुख संरक्षक शेष घलेको नेतृत्वमा गठित विस्तारित संरक्षक परिषदलाई दिने निर्णय गरेको थियो ।
‘जापानको विवादको बारेमा आइसीसीमा केही साथीहरूले विषय उठाउनु भएको हो, तर कुनै निर्णय भएको अवस्था होइन। निर्णय नै नभएको विषयलाई निर्णय भयो भनेर मस्यौदामा लेख्नु सरासर गलत र बद्नियतपूर्ण छ,’ बैठकका सहभागी गुणराज पौडेलले भने। उनले दशौँ महाधिवेशन र चुनाव सम्पन्न गर्न जिम्मेवारीपूर्ण व्यवहार गर्न सबैलाई आग्रह पनि गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ माघ २०७८, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क ७ लाख रुपैयाँ
उच्चस्तरीय समितिका अध्यक्ष घले युरोप र मध्य पूर्वको भ्रमणमा जाँदै
सरकारले पनि भन्यो 'मे महिनामा हुने एनआरएनए एकता महाधिवेशन नै वैधानिक'
एनआरएनएले शेष घलेलाई कार्यालय हस्तान्तरण नगर्ने
एनआरएनए एकता महाधिवेशनको पहलः घलेले लिए ६ घण्टा सुझाव
अध्यादेशमा ‘आफ्नै नागरिकलाई भिसा दिनेʼ व्यवस्था गरेको भन्दै एनआरएनएको विरोध