चितवन । चितवनमा पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३४४ जनाको पिसीआर र १६ जनाको एन्टिजेन परिक्षण गर्दा १३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।
संक्रमित मध्ये सबै भन्दा धेरै १२० जना भरतपुर महानगरपालिका भित्रका रहेका छन । त्यस्तै, खैरहनी नगरपालिकामा ३ जना, माडी नगरपालिकामा २ जना, रत्ननगर नगरपालिकामा ४ जना, राप्ती नगरपालिकामा १ जना, कालिका नगरपालिकामा २ जना र इच्छाकामना ३ जना गरी जिल्लामा १३५ जनामा संक्रमण पुष्टी भएको हो ।
यस्तै, चितवनमा सक्रिय संक्रमितको संख्या ५९५ पुगेको छ । संक्रमित मध्ये ५७७ होमआइसोलेसन र १६ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ माघ २०७८, १६ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट