काठमाडौं । नेपाली भूमि लिपुलेकमा भारतले एकतर्फी सडक निर्माण गरिरहेको प्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति प्रकट गरेको छ । कालापानी लिपुलेक नेपाली भूमि भएको बताउँदै पार्टीले त्यहाँ भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्ने राप्रपाले माग पनि गरेको छ ।
महामन्त्री भुवन पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रूपमा सडक निर्माण गरिरहेको र केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो कुराको खुलासा गर्नुभएको विषय गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्धमा छ । कालापानी लिपुलेक नेपाली भूमि हो, आफ्नो भूमि माथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्दछ ।'
भारतले सार्वजनिक रूपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिइरहँदा नेपाल सरकार र सत्तारूढ गठबन्धनको पनि आश्चर्यजनक मौनता दुःखद र रहस्यमय रहेको पार्टीको भनाइ छ । 'नेपाली भूमिमा भइरहेको हस्तक्षेपका बारे नेपाल सरकारले भारतसँग कूटनैतिक र राजनीतिक तहमा संवाद गरी अविलम्ब निर्माण कार्य रोक्न र आफ्नो भूमिको रक्षा हुने गरी समाधान निकाल्न नेपाल सरकार समक्ष राप्रपा जोडदार माग गर्दछ,' विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ माघ २०७८, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सडक मार्ग अवरुद्ध रहेको बेला हवाई भाडामा सहुलियत दिन लिङदेनको माग
गण्डकीमा मन्त्री पद नै लिलामीमा छ, प्रदेश सरकार भंग गरौँ : राप्रपा
राप्रपाको संस्थापन नै गुटबन्दीमा लागेको गुनासो
राप्रपा केन्द्रीय सल्लाहकार समितिको बैठक बस्दै
आगामी निर्वाचनअघि नै महाधिवेशन गर्ने राप्रपाको निष्कर्ष
७७ वटै जिल्लाका अध्यक्षको भेला गर्दै राप्रपा