काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर बढेसँगै अन्तरदेशीय सीमा नाकामा स्वास्थ्य सुरक्षा जाँच कडा पारिएको छ । भारततर्फका प्रायः नाकामा सुरक्षा जाँच कडा पारिएका छन् । चीनतर्फका सीमा नाकाबाट केही मालवाहक कन्टेनर भित्रिनेबाहेक मानिसको आवतजावत बन्द छ ।
प्रदेश २ का महोत्तरीको जलेश्वर भिठ्ठामोड, पर्साको वीरगञ्ज, रौतहटको गौर, सिरहाको माडर र औरहीस्थित नाकामा हेल्पडेस्क स्थापना गरी नेपाल प्रवेश गर्नेहरूको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । त्यस्तै, लुम्बिनी प्रदेशका महेशपुर, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर र नेपालगञ्जको जमुनाहा नाकामा हेल्प डेस्कमार्फत एन्टिजेन परीक्षण थालिएको छ ।
होल्डिङ सेन्टरको अनुगमन
प्रदेश १ को जोगबनीस्थित हेल्प डेस्कले दिएको जानकारीअनुसार पुस महिनामा भारतबाट आएका दुई हजार ३९ जनाको कोरोना परीक्षण गर्दा ५९ जनामा पोजेटिभ पाइएको थियो । त्यसपछि भारतसँगका सीमा नाकाहरू पशुपतिनगर, काँकडभिट्टा, भद्रपुर र विराटनगरको जोगबनी नाकामा स्वास्थ्य सुरक्षा जाँच कडा गरिएको छ । त्यस्तै, चीनतर्फका ओलाङ्चुङगोला र किमाथाङ्का नाका बन्द अवस्थामा छन् ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, सामाजिक विकासमन्त्री जयराम यादवसहितको टोलीले बिहीबार विराटनगर–१६ स्थित निर्माणाधीन होल्डिङ सेन्टर र जोगबनी नाकाको स्वास्थ्य सुरक्षा र परीक्षणको अवस्था अनुगमन गरेको थियो । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ३० पुस २०७८, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
रसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो
पर्यटकलाई भारततर्फका सबै नाका खुला
किमाथाङ्कासहित १४ नाका पुनः सञ्चालनमा
सङ्खुवासभाको किमाथांकासहित १४ वटा नाका शनिबारदेखि खुल्ने
आज साँझदेखि कैलालीका सीमानाका बन्द हुने