सुनको मुल्य बढ्यो, कतिमा हुदैँछ कारोबार ?

सफल खबर संवाददाता

विहीबार, २९ पुस २०७८, १० : ४१
सुनको मुल्य बढ्यो, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार रु ५०० बढेर ९२ हजार ५०० रुपैयाँ पुगेको हो । 

यस्तै तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १२५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस