सकियो ओली–प्रचण्ड ‘वान टु वान’ वार्ता, फेरि ३ बजे वार्ता हुने

विहीबार, २० बैशाख २०७५, १२ : ४३
सकियो ओली–प्रचण्ड ‘वान टु वान’ वार्ता, फेरि  ३ बजे वार्ता हुने

काठमाडौँ । पार्टी एकीकरणका विषयमा छलफल गर्न नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

चाँडै पार्टी एकता गर्ने तयारीमा रहेका दुई दलका अध्यक्षहरु बीचको छलफलमा ठोस के सहमति भयो भन्ने जानकारी नपाइए पनि उहाँहरु  आजै ३ बजे  पुनः छलफलमा बसी सबै विषयको टुङ्गो लगाउने तयारीमा रहनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो । दुवै दलले वैचारिक र सांगठनिक प्रतिवेदन तयार गरी मिल्न बाँकी विषयको टुङ्गो लगाउन अध्यक्षहलाई जिम्मा दिएको थियो ।  (रासस)

प्रतिक्रिया दिनुहोस