काठमाडौँ । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) व्यवस्थापनको बैठकले कोरोनाको तेस्रो लहर आएसँगै कम्तीमा पनि माघ १५ गतेसम्म सबै विद्यालयमा बिदा दिनुपर्ने निर्णय गरेको छ।
नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रनसहित तेस्रो लहर आउने जोखिम बढिरहेका बेला सुरुमा कम्तीमा १५ दिन विद्यालय बन्द गर्ने गरी निर्णय भएको हो।
कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता एवम् सहसचिव सुनिता नेपालले बताए अनुसार कोभिडको बढ्दो दरलाई ख्याल गर्दै जाडो बिदालाई माघ १५ सम्म लैजाने गरी निर्णय भएको छ।
‘अझै पनि सबै नागरिकलाई खोप पुग्न सकेको छैन। १८ वर्षमुनिका सबै विद्यार्थीलाई कोरोना खोप लगाउन नसकेको अवस्था छ’ उनले भनिन्, ‘कोरोनाको बढ्दो दरलाई ख्याल गर्दै व्यवस्थापन समन्वय केन्द्रको बैठकले यस्तो निर्णय लिएको हो।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ पुस २०७८, १८ : १५
लेखकबाट थप