काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षक तथा कर्मचारीलाई कुनैपनि दलको निर्वाचनमा संलग्न नहुन आग्रह गरेको छ ।
बिहीबार त्रिविले आफ्ना कर्मचारी र शिक्षकहरु राजनीतिक दलको महाधिवेशनमा संलग्न भएको समाचार आएको भन्दै उनीहरुलाई कारवाही गर्ने समेत जनाएको छ ।त्रिविको कर्मचारी प्रशासन महाशाखाले महाधिवेशन र विधान अधिवेशनमा भाग लिएको पाए विभागीय कारबाही गर्ने पनि चेतावनी दिएको छ ।
त्रिविको नियामावलीमा दलबाट उम्मेदवार बन्न चाहेमा मनोनयन दर्ताको दिनभन्दा १५ दिनअघि नै राजनीनामा दिइसकेको हुनुपर्ने व्यवस्था रहेको छ ।यसअघि सर्वोच्च अदालतले पनि शिक्षकहरूलाई मतदानमा रोक लगाउने आदेश दिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ पुस २०७८, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत
त्रिविले २०५८ सालदेखिका परीक्षार्थीका लागि खुलायो मौका परीक्षा फारम
माघ ११ सम्म थपियो त्रिविमा स्नातक तहको भर्ना समय
त्रिविद्वारा २४ वटा क्याम्पसमा प्रमुख नियुक्त, को कहाँ ?
अब दीक्षान्तको शैली बदल्दै त्रिवि
त्रिविमा ८ डीन नियुक्त