काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफ्नो पार्टीले संसदमा अवरोध गरेर एमसीसी सम्झौता अनुमोदन गर्ने खेल चालेको हुनसक्ने आशंका गरेका छन् ।
आफ्नो पार्टीले संसदमा गरिरहेको अवरोधको औचित्यबारे प्रश्न उठाउँदै नेता रावलले यो एमसीसी सम्झौता अनुमोदन गर्ने खेल त होइन भनेर पनि उनले प्रश्न गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘सरकारका कामकार्वाही गर्न दिएर संसदका बैठकहरू अवरूद्ध गर्ने कुराको औचित्य के हो ? यो कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसीसीसँग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइन ?’
नेकपा एमालेले सभामुखको कार्यशैलीमा प्रश्न उठाउँदै संसद बैठकमा विरोध जनाउँदै आएको छ । एमालेको विरोधका कारण संसदको बैठक यही पुस ६ गतेसम्मका लागि स्थगित भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ पुस २०७८, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिस्ट पार्टीले आफ्नो सिद्धान्त र नीतिमा जोड दिन सकेन् : भीम रावल
शेरबहादुरजी छैठौं पटक प्रधानमन्त्री बन्ने परिदृष्य देखियो : भीम रावल
एमाले परिषद् बैठकमा किन गएनन् नेता भीम रावल ?
'चौबीसै घण्टा सत्ता स्वार्थमा लाग्दा देश तहसनहस हुदैछ : भीम रावल
नेकपा एमालेको चियापानमा भीम रावल उपस्थित
देश जोगाउन सङ्घीयता खारेज गर्नुपर्छ : भीम रावल