कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

बुधबार, २९ मंसिर २०७८, ०८ : ०४
कस्तो रहला आजको मौसम ?

काठमाडौँ । पहाडी क्षेत्रमा आंशिक बदली भइ अरु स्थानमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

अहिले पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। बुधबार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति पनि पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ।यसैबीच देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन समेत मौसमविदले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस