कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

मंगलबार, ०१ माघ २०८१, ०६ : ५५
कस्तो रहला आजको मौसम ?

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

कोशी प्रदेश– आज दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

मधेस प्रदेश– दिउँसो तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

बागमती प्रदेश– दिउँसो हिमाली पहाडी र  तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । राति पनि मौसम मुख्यतया सफा नै रहने छ । 

गण्डकी प्रदेश– दिउँसो हिमाली पहाडी र  तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । राति पनि मौसम मुख्यतया सफा नै रहने छ । 

लुम्बिनी प्रदेश– दिउँसो पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राती पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि दिउँसो हिमाली पहाडी र  तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । राति पनि मौसम मुख्यतया सफा नै रहने छ । 

प्रतिक्रिया दिनुहोस