काँग्रेस सभापतिमा देउवा विजयी

सफल खबर संवाददाता

बुधबार, २९ मंसिर २०७८, ०५ : ५७
काँग्रेस सभापतिमा देउवा विजयी

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा पुनः शेरबहादुर देउवा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी डा शेखर कोइरालालाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।

मंगलबार भएको दोस्रो चरणको मतदानमा डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भए का हुन । 

देउवाले २ हजार ७३३ मत ल्याउनुभयो। यस्तै शेखर कोइरालाले १ हजार ८५५ मत ल्याए  भने ३५ मत बदर भएको छ । दोस्र‍ो चरणमा ४ हजार ६२३ प्रतिनिधिले मतदान गरेका थिए । 

कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये पहिलो चरणमा ४ हजार ६६९ जनाले मतदान गरेका थिए । तर सभापतिका पाँचमध्ये कुनै पनि उम्मेदवारले बहुमत ल्याउन सकेनन् ।

सबभन्दा धेरै मत पाएका देउवाले २ हजार २५८ र शेखरले १ हजार ७०२ मत पाएका थिए । प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाएका थिए । दोस्रो चरणको चुनावमा सिंह, निधि र गुरुङले देउवालाई समर्थन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस